दार्चुलामा एमाले संगठित सदस्य सार्की मृत फेला

दार्चुला । दार्चुलामा नेकपा एमालेका एक जना संगठित सदस्य मृत फेला परेका छन् । लेकम गाउँपालिका वडा नम्बर ६ गणेत घर भएका ६५ बर्षीय चन्द्र सार्की बुधबार विहान घर नजिकैको रिठेगाड नजिक मृत फेला परेका हुन् । मृतक सार्की लेकम गाउँपालिका वडा नम्बर ६ मा वडा कमिटी सदस्य रहनुभएको थियो ।

मंगलबार विहान कामका लागि शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर गएका सार्कीको घर फर्किने बेला रातीको समयमा भिरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । रिठेगाड नजिकैको ग्याबिन जालीमा ओक्लने बेला लडेर मृत्यु भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । मृतक सार्कीको कान काटिएको र निधारमा गहिरो चोट लागेको थियो ।

सार्कीको पार्टीको झण्डा ओढाएर बुधबार (आज) अन्त्येष्ठी गरिएको छ । २०४९ र ५४ सालमा नेकपा एमालेको तर्फबाट साबिकको रिठाचौपाता गाबिस अन्तरगत वडा नम्बर ७ का वडा सदस्य रहनुभएका सार्कीको निधनप्रति नेकपा एमालेले समवेदना व्यक्त गरेको एमाले जिल्ला कमिटी सदस्य हरि बहादुर साउँदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?