दार्चुलामा भारी हिमपातपछि दैनिकी कष्टकर, पठनपाठन प्रभावित, किसान खुसी (फोटोफिचर)

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । विद्यालयहरुको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक विदा नदिएको भएपनि विद्यालयहरु र गाउँ नै हिउँले ढाकीएपछि पठनपाठन कार्य बन्द रहेको छ ।

गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । चिसोले घर बाहिर निस्कन सक्ने अवस्था समेत नरहेकोले विद्यालयमा बुधबार पठनपाठन बन्द रहेको खण्डेश्वरी माबिका शिक्षक जयराज जोशीले बताउनुभयो । बालबालिका, युवायुवती देखि बृद्धबृद्धासम्म सबै आगोको साहारामा दैनिकि बिताइरहेको उहाँले बताउनुभयो । हिमपात रोकिएर घाम परेपछि मात्रै जनजीवन सहज बन्दै जाने अपिहिमालका स्थानीय कलावती ठेकरेले बताउनुभयो । यो बर्ष हिउँदे बिदा घटाएर पठनपाठन गर्ने योजना भएपनि हिमपातका कारण विद्यालय सञ्चालनमा समस्या भएको अपिहिमालका शिक्षा अधिकृत बिरेन्द्रसिंह साउँदले बताउनुभयो । हिमपात रोकिएपछि भने पठनपाठन सञ्चालन हुने उहाँको भनाई छ ।

दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा मंगलबारदेखि नै बर्षासंगै भारी हिमपात भएको स्थानीयले बताएका छन् । बर्षा र हिमपातपछि किसानहरु भने खुसी भएका छन् । लामो समयपछि परेको बर्षा र हिमपातले अन्नबाली र तरकारी खेती फष्टाउने अपेक्षा गरिएको अपिहिमाल गाउँपालिका–४ का कृषक राजमती ठेकरेले बताउनुभयो । बर्षा नहुदा खेतमा अन्नबाँली सुक्न थालेको थियो, उहाँले भन्नुभयो, बर्षा र हिमपात भएपछि कृषकहरुलाई राहत महसुस भएको छ । मानिसहरुको दैनिकी भने पूर्ण रुपमा प्रभावित भएको उहाँको भनाई छ ।

अपिहिमालको सबै वडामा हिमपात भएको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १, २, ३, ५ र ६ मा हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाका समेत उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । व्यासको छाङरु र तिङ्करमा सबैभन्दा बढी हिमपात भएको प्रहरीले जनाएको छ । छाङरु र तिङ्करका बासिन्दा भने चिसो छल्न मंसिर अन्तिम साता बेँसी झरिसकेका छन् । तिङ्कर गाउँ मानवविहिन बनेको छ भने छाङरुमा समेत चौँकीदार र सुरक्षाकर्मीको मात्रै उपस्थिति रहेको छ ।

बर्षा र हिमपातका कारण जिल्लाभरी अत्याधिक चिसो बढेर जनजीवन कष्टकर बनेपनि लामो समयपछि भएको बर्षाका कारण किसानहरुले भने राहत महसुस गरेका छन् ।

No description available.

युवायुवती र केटाकेटीहरु भने हिउँफुलसंग रमाइरहेका छन् ।

सायद 1 व्यक्ति, आकाश तथा  हिउँ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको, रूख, हिउँ, प्रकृति तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, हिमाल तथा  हिउँ को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  हिमाल को तस्बिर हुनसक्छ

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?