दार्चुला । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ ।
अध्यक्ष लिङ्देन महामन्त्री डा। धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो । भेटमा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको राप्रपा महामन्त्री डा. राणाले बताउनुभयो ।
समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको उहाँको भनाइ छ । विवेकशील साझा पार्टी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सकारात्मक देखिएकाले लिङ्देनले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गर्नुभएको हो ।
अहिले सामान्य रुपमा छलफल भएको र आगामी दिनमा पुनः भेट गरेर छलफल गर्न सकिने महामन्त्री राणाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया