बैतडीमा लडेर एक पुरुषको मृत्यु

बैतडी । बैतडीको दोगडाकेदारमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दर्शन खड्काले बताउनुभयो ।

स्थानीय सित्तड बजारबाट स्वास्थ्य भवनतर्फ जाने क्रममा बाटोबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बरेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?