दार्चुला। बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ ।

बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइतेलाई उपचारका लागि तानसेन पुर्‍याइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?