दार्चुला । लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरको बिदाई गरिएको छ । १५ महिना बढी लेकम गाउँपालिकामा प्रशासकिय नेतृत्व गरेका ऐरको धनगढीको कैलारी गाउँपालिका सरुवा भएपछि एक औपचारीक कार्यक्रमका बिच आइतबार लेकमबाट बिदाइ गरिएको लेखा अधिकृत ममता बिष्टले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत नआउदासम्म कामकाज गर्नेगरी निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी अधिकृत छैटौँ नारायण भट्टलाइ दिने गाउँकार्यपालिकाले निर्णय गरेको छ । उहाँले यसअघि समेत पटकपटक लेकम गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवाही बहन गरिसक्नुभएको छ ।
ऐरको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहनेगरी कैलालीको कैलारी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा सरुवा गरिएको मन्त्रालयका शाखा अधिकृत नित्यराज भट्टराईले जानकारी दिनुभयो । यहि पुस ७ गतेको निर्णय अनुसार ऐरको सरुवा भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया