श्रीमतीको हत्या आरोपित पार्की पूर्पक्षको लागि थुनामा

दार्चुला । दार्चुलामा श्रीमतीको हत्या आरोपीत एक जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीया लक्ष्मी पार्कीको हत्या आरोपित ३३ वर्षीय नरेशराम पार्कीलाई अन्तिम फैसला नहुदासम्मका लागि पूर्पक्षको लागि थुनामा राख्न सोमबार आदेश प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको बताइएको छ । गत मंसिर २५ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ कुचाकोटमा डेरा गरी बसेका लक्ष्मीको हत्या भएको थियो । हत्या लगत्तै फरार रहेका पार्कीलाई झुलाघाट सीमा नाकाबाट पक्राउ गरिएको थियो । मंसिर २७ गते आरोपितविरुद्व प्रहरीमा जाहेरी दर्ता भएपछि अनुसन्धान सुरु भएको थियो ।

सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यान अन्तर्गत अदालतमा मुद्वा दायर भएपछि पूर्पक्षका लागि थुनामा राख्न आदेश जारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?