दार्चुला । नेकपा (एकीकृत समाजवादी) मार्मा गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीको प्रमुख आतिथ्यतामा गाउँपालिका भेला सम्पन्न भएको एकिकृत समाजवादीका मार्मा गाउँपालिका इन्चार्ज गंगादत्त जोशीले जानकारी दिनुभयो ।
मंगलबार (आज) सम्पन्न भेलाले जगत सिह बिष्ट (सोबन) लाई गाउँकमिटी अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । यस्तै उपाध्यक्षमा.बिसुन सिह धामी र हरक सिह बिस्ट, सचिवमा .हेमराज जोशी, सह सचिवमा.रोसन लगायत ३७ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको इन्चार्ज जोशीले बताउनुभयो ।
भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले एमालेभित्र विद्रोह गरेर क्रान्तिकारी पार्टी बनाउन नेकपा (एस) गठन गरिएको बताउनुभयो । केपी ओलिको प्रतिगमनबाट देशले निकास पाउन नसक्ने देखेपछि आफुहरुले अग्रगमनको प्रतिनिधित्व गरेको पार्टी गठन गरेको उहाँको भनाई थियो । देशको एक नम्बर पार्टी बनाउने अध्यक्ष माधब नेपालको सपना सकार पार्न आफुले नेकपा (एस) पार्टी रोजेको मन्त्री जोशीले बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री जोशीले केन्द्रमा केपी ओली र दार्चुलामा गणेश ठगुन्ना एकतन्त्रीय भएको आरोप लगाउनुभएको छ । जिल्लामा नेता जन्माउन र नेतृत्व हस्तान्तरण गर्न नसकेका ठगुन्नाले केपी प्रवृत्ति अंगालेको उहाँको आरोप छ ।
गाउँपालिका भेलामा नेकपा एसका प्रदेश कमिटी सदस्य ईन्द्रसिंह बिष्ट, प्रदेश कमिटी सदस्य गणेशकुमार जोशी, जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्ना लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया