दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा सडक निर्माणको काम सुरु भएपछि स्थानीय खुसी भएका छन् । देथला रानीशिखर सडकखण्ड अन्तरगत स्वास्थ्य चौकी क्षेत्रमा काम भइरहेको छ । नगरपालिकाले तेल हालेर दैनिक ज्यालामा सडक निर्माणको काम भइरहेको शैल्यशिखरका नगरप्रमुख अमरसिह धामीका स्वकिय सचिव एबं तरुणदल शैल्यशिखरका नेता सुरेश बिष्टले जानकारी दिनुभयो ।
सडक निर्माणमा स्थानीयहरुको समेत चासो र सहभागिता रहेको छ । रानीशिखरको सेला वडा कार्यालय जोड्ने लक्ष्यका साथ काम भइरहेको छ, रानीशिखरका स्थानीय एबं पूर्वप्रधानपञ्च हरिदत्त भट्टले भन्नुभयो, अहिले मजगाउँबाट रानीशिखर स्वास्थ्य चौकी नजिक सडक पुगेको छ । देथला देखि मजगाउँसम्म गत बर्ष काम भएको भट्टले बताउनुभयो । मजगाउँसम्म जीप र टेक्टरहरु चल्न थालेका छन् । बाँकी क्षेत्रमा ट्र्याक खोलेर सडक पुछेपछि केही दिनपछि स्वास्थ्य चौकीसम्म यातायातका साधन सञ्चालन हुने भट्टको भनाई छ ।
देथलाबाट मजगाउँसम्म झण्डै साढे सात किलोमिटर सडक काटिएको छ । अब स्वास्थ्य चौकीदेखि वडासम्म २ किलोमिटर दुरीमा सडक काट्न बाँकी छ । सडक निर्माणको काम हुन थालेसंगै स्थानीय हर्षित भएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया