दार्चुला । नेकपा (एकिकृत समाजवादी) दार्चुलाकी उपाध्यक्ष रुक्मती जागरी (राधा) नेतृत्वको टोलीले संघीय सरकारका मन्त्रीहरुसंग भेटघाट गरेको छ । दार्चुलाको राजनीतिक अवस्था, नेकपा (एकिकृत समाजवादी) को संगठन, विकास र अन्य समसामयिक विषयमा छलफल गर्न भेटघाट गरिएको उपाध्यक्ष जागरीले जानकारी दिनुभयो ।
पार्टी गतिविधिको रिपोर्टिङका साथै पर्यटन प्रवद्र्धन र जिल्लाको समग्र विकासका लागि माग गर्न पर्यटन तथा नागरिक उड्डन मन्त्री प्रेम आले र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसंग भेटघाट भएको उहाँले बताउनुभयो । आले र झाक्री दुबैजना नेकपा (एस) बाट मन्त्री बन्नुभएको हो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया