मन्त्री जोशीद्धारा दार्चुला कारागार र खलंगा पुलघाट नाका निरीक्षण (यस्ता छन प्रतिबद्धता)

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट सीमानाका र जिल्ला कारागारको स्थलगत निरीक्षण गर्नुभएको छ । सीमा नाकाको अनुगमनका क्रममा मन्त्री जोशीले प्रदेश सरकारले नाकालाई व्यवस्थीत बनाउदै सुरक्षा व्यवस्था बलियो बनाउन जोड दिएको बताउनुभयो ।

नेकपा (एकिकृत समाजवादी) केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री जोशीले शान्ती सुरक्षा, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा आफ्नो मन्त्रालयले काम गरिरहेको बताउनुभयो । पुलघाट नाकामा भारत जाने नागरिकको पीसीआर तथा एन्टीजेन परीक्षणका लागि सम्बन्धीत स्थानीय तहले जिम्मेवारी लिनुपर्ने मन्त्री जोशीको भनाई छ ।
अनुगमनका क्रममा दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्य गेल्बु सिह बोहराले सीमाको अवस्थाबारे मन्त्री जोशीलाई बिफ्रीङ गर्नुभएको थियो । उहाँले सीमालाई व्यवस्थित बनाउन सीमा क्षेत्रमा तत्काल होल्डीङ सेन्टर स्थापनाको माग गर्नुभयो ।

मन्त्री जोशीले दार्चुला जिल्ला कारागारको पनि निरीक्षण (अनुगमन) गर्नुभएको छ । प्रदेशका ९ वटै जिल्ला कारागारको अनुगमन गर्ने योजना अन्तर्गत मन्त्री जोशीले बुधबार (आज) दार्चुला कारागारको अनुगमन गर्नुभएको हो । भौतिक संरचना जीर्ण रहेको, क्षमताभन्दा बढी कैदीबन्दी रहेको र खाना बस्नको समेत राम्रो व्यवस्था नरहेको पाइएकाले काराकार व्यवस्थापनका लागि पहल गर्ने मन्त्री जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशका कारागारहरुको पूर्वाधारलाई व्यवस्थित बनाउने र कैदीबन्दीलाई उत्पादनमुलक काममा सहभागी गराउने योजना रहेको मन्त्री जोशीले बताउनुभयो । कारागारभित्र परेका सबै जना अपराधी नहुने तथा सधैँका लागि अपराधी नहुने भएकोले उनीहरुको आयआर्जनका लागि सीपमुलक कार्यक्रम अन्तरगत प्रदेश सरकारले दार्चुला कारागारका लागि चार लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कारागारको मर्मतका लागि आठ लाख बजेट विनियोजन गरिएको मन्त्री जोशीले बताउनुभयो ।

दार्चुला कारागारमा क्षमता भन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेकाले निकै समस्या भएको कारागार प्रमुख बिरेन्द्रसिंह धामीले जानकारी गराउनुभयो । जिल्ला कारागारको क्षमता १५ जना महिला र २५ जना पुरुष गरी जम्मा ४० जनाको मात्रै रहेकोमा दुई जना महिला र ६७ जना पुरुष गरेर ६९ जना राख्नुपरेको उहाँले बताउनुभयो ।

अनुगमन निरीक्षणका क्रममा मन्त्री जोशीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बहादुर बम, प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, कारागार प्रमुख बिरेन्द्र सिंह धामी लगायत उपस्थिति रहेको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?