दार्चुलामा संगठन विस्तार गर्दै अनेरास्ववियु, जिल्ला अधिवेसन माघ २५ गतदेखि

दार्चुला । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दार्चुलामा संगठन विस्तार अभियान थालेको छ । पछिल्लो समय अनेरास्ववियुले विद्यालय र क्याम्पसहरुमा ईकाइ कमिटी विस्तार अभियानलाई तिब्र पारेको हो । संगठन विस्तारका क्रममा बुधबार अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाले मालिकार्जुन नमुना माद्यामिक बिद्यालय धापमा कमिटी गठन गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य खेमराज जोशीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम सहित बुधबार मालिकार्जुन नमुना माबि धापमा कमिटी विस्तार गरिएको हो । विशाल रैखोलाको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा दुर्गा धामी, सचीवमा अभिषेक रैखोला, सह सचिवमा ज्योती जोशी, कोषाध्यक्षमा दिपक सिंह रैखोला चयन भएको बताइएको छ ।

जिल्ला अधिवेसन माघ २५ र २६ गते

अनेराश्ववियु दार्चुलाको जिल्ला अधिवेशन आगामि माग २५ र २६ गते दार्चुला सदरमुकाम खलंगामा आयोजना हुने भएको छ । अधिवेशन आयोजक कमिटीको बैठकले जिल्ल अधिवेसन माघ २५ गतेदेखि गर्ने निर्णय गरेको अनेराश्ववियु दार्चुलाका संयोजक आनसिहँ बडालले जानकारी दिनुभयो ।

अधिवेशन आयोजक कमिटीको बैठकले आगामि माग १८ गते सम्म जिल्ला स्थित माबि र क्याम्पस कमिटी गठन संगै प्रतिनिधि छनोटको काम सक्न सर्कुलर जारि गरेको अनेराश्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एवं जिल्ला इन्चार्ज खेमराज जोशीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?