दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको गृह मन्त्रालय सरुवा भएको छ । झण्डै १० महिना पहिले दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएका जोशीको सरुवा भएको गृह मन्त्रालयले जनाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ।
गृह मन्त्रालयले सुदूरपश्चिमका तीन सहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले बझाङ, बाजुरा, दार्चुला, झापा, सुर्खेत, बागलुङ, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिम जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो। बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सुरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ।
जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ ।
ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया