प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जादै, मल खरिद सम्झौता हुने

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते अर्थात् आउँदो आइतबार भारत भ्रमणमा जाने हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पाँचौं पटक प्रधानमन्त्री हुनुभएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने हुनुभएको हो ।

यसैगरी, सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग सम्झौता गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?