दार्चुला । नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशन पुस २३ गते (भोली) देखि दार्चुला सदरमुकाम खलंगामा सुरु हुने भएको छ । अधिवेसनको तयारी अन्तिम चरणमा रहेको प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । कार्यक्रमस्थलको सरसफाइ गर्ने, स्वागत गेट तपार गर्ने, प्रचारसामाग्री तथा झण्डा, व्यानर बनाउने काम लगभग सकिएको उहाँले बताउनुभयो । जिल्ला अधिवेसनमा नेकपा एमाले दार्चुलाले गरेका विकास र समृद्धिका कामहरु समेटिएको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिने उहाँको भनाई छ ।
जिल्ल अधिवेसनका लागि जिल्लाभरीबाट ७७५ जना प्रतिनिधि सहभागि हुने प्रचारप्रसार विभाग प्रमुख बडालले बताउनुभयो । बुधबार बसेको जिल्ला कमिटी पदाधिकारी वैठकले विशिष्ट र १५ वटा जनबर्गिय संगठनहरुबाट ३७ जना प्रतिनिधि मनोनित गरेसंगै अधिवेसन प्रतिनिधिको संख्या ७७५ पुगेको हो । जिल्ला अधिवेसन आयोजक कमिटीका १८० जना सदस्यहरु पदेन जिल्ला अधिवेसन प्रतिनिधि हुने बताइएको छ । दार्चुलामा ६१ वडाबाट ५११ जना, महाकाली र शैल्यशिखर नगरकमिटीबाट ६/६ जनागरी १२ जना र मालिकार्जुन, लेकम, मार्मा, दुहुँ, अपिहिमाल, नौगाड र व्यास गाउँकमिटीबाट ५/५ जना गरी ३५ जना प्रतिनिधि चयन गरिएको छ ।
आठौँ जिल्ला अधिवेसनबाट अध्यक्ष, पदाधिकारी तथा नेतृत्वका लागि आकाक्षिं नेताहरु अधिवेसन प्रतिनिधिहरुसंग सम्पर्क गर्न थालेका छन् । अधिकासं जिल्ला स्तरीय नेताहरु दार्चुला सदरमुकाम खलंगा पुगिसकेका छन भने प्रतिनिधिहरु समेत खलंगा आउने क्रम सुरु भएको नेकपा एमाले दार्चुलाका अधिवेसन आयोजक कमिटी सदस्य खेमराज जोशीले बताउनुभयो । जिल्ला अधिवेसनबाट अध्यक्ष बन्नका लागि सर्वसहमति भएमा बर्तमान अध्यक्ष रामदत्त जोशी समेत दोहोरीने मनिस्थितिमा रहेको बताइएको छ । यद्धपी उहाँले यसअघि जिल्ला कमिटी सचिवालय बैठकमा अध्यक्ष पदमा नदोहोरीने अभिब्याक्ति दिइसकेको नेताहरुले बताएका छन् ।
सातौँ जिल्ला अधिवेसनबाट जिल्ला कमिटी उपाध्यक्ष चयन हुनुभएका उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती, पूर्व सचिव मोहनसिह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी लगायत नेताहरु समेत जिल्ला अध्यक्षका आकांक्षि रहेको बताइएको छ । अध्यक्ष र सचिवको जिम्मेवारी कसले पाउछन भन्ने विषयलाई चासोका साथ हेरिएको नेताहरु बताउछन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने अधिवेसन आयोजक कमिटी सदस्य परमानन्द जोशीले बताउनुभयो ।
नेता, कार्यकर्ता र जनताको माझमा लोकप्रिय रहेको र एमालेलाई अझै बलियो बनाएर लैजान सक्ने नेतालाई अध्यक्ष चयन गर्नुपर्ने आवाज उठ्न थालेको छ । जिल्ला अधिवेसनको लागि एमाले पोलिटब्युरो सदस्य, प्रदेश सह-इन्चार्ज एबं दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्ना पुस पहिलो सातादेखि गृहजिल्ला दार्चुलामै रहनुभएको छ ।
देशभर पुस २३ गते शुक्रबार नै जिल्ला अधिवेसन आयोजना गरिएको र भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया