लेखक: पदम बडाल, दार्चुला (साहित्य, पत्रकारिता र अद्यापनमा सक्रिय)
सुत्न कैदिले कैदिलाई शुल्क तिर्छ दार्चुलामा
जनता हिलोमा नेताको गाडी छिर्छ दार्चुलामा ।
फोहर उठाउदै नगरपालिका थन्क्याउछु त भन्छ
त्यै फोहर नदी किनारमा लगेर चिर्छ दार्चुलामा ।
किसानलाई पेन्सन, युवालाई रोजगारी आहा! कति राम्रो
युवा जागिर पाउन नेताको पाउमा गिर्छ दार्चुलामा ।
कालापानी बोल्यो कि पोल्छ छिमेकले आउदाजादा
नुन किन्न स्वाभिमान सधैं भारत छिर्छ दार्चुलामा ।
ठूला घरका मालिक, कुरा तिनका ठुलै भाषणमा
ढल, शौच तिनकै महाकालीमा गिर्छ दार्चुलामा ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया