एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेको स्रोतको भनाइ छ ।

एमालेले माधव नेपाल नेतृत्वको ९एकीकृत समाजवादी० पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको छ ।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी अवैध रहेको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?