एमालेको बन्द सत्र जारी, पाँच पदाधिकारीसहित ९० सदस्य चुनिने, निर्वाचन तालिका प्रकाशित

दार्चुला । नेकपा (एमाले) दार्चुलाको आठौँ जिल्ला अधिवेसन अन्तरगत बन्द सत्र सञ्चालन भइरहेको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको नेकपा (एमाले) दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । छलफल सम्पन्न भएपछि नेतृत्व चयन प्रकृया सुरु हुने एमाले दार्चुलाले जनाएको छ ।

एमाले दार्चुलाको जिल्ला कमिटी पाँच पदाधिकारीसहित ९० सदस्यिय हुने छ । गाउँपालिकाबाट तीन महिला र दुई पुरुष गरेर सात गाउँपालिकाबाट ३५ जना सदस्य चयन हुनेछन् । नगरपालिकाबाट चार पुरुष र दुई महिला गरेर १२ जना सदस्य चयन हुनेछन् । गाउँ र नगरपालिका अर्थात भूगोलबाट ४७ जना सदस्य चयन हुनेछन् । यस्तै जिल्लाभरीबाट दलिततर्फ पाँच पुरुष र तीन महिला गरेर आठ जना चयन हुनेछन् । दुई पुरुष र एक महिला गरेर तीन जना जनजातिबाट चयन हुनेछन् । महिलाबाट आठ जना र १९ जना खुल्ला सदस्य चयन हुने एमाले दार्चुलाले जनाएको छ । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव १ र उपसचिव दुई जना गरी ५ जना रहने व्यवस्था रहेको छ ।

निर्वाचन कार्यक्रम सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) दार्चुलाको आठौँ जिल्ला अधिवेशन अन्तरगत निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला अधिवेसनबाट निर्वाचित हुने पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन प्रयोजनको लागि पार्टीको विधान, निर्वाचन नियमावलीको अधिनमा रहेर निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम प्रकाशित गरिएको प्रमुख निर्वाचन अधिकृत गगनसिह धामीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशन पुस २४ गते दिउँसो ४ बजे खलंगास्थित भावना सभाहलमा हुनेछ । दिउँसो साढे चार बजे मतदाता नामावली उपर दाबी, विरोध र सुधारको कार्यक्रम राखिएको छ । अन्तिम मतदाता नामावली प्रकाशन पुस २४ गते बेलुकी ६ बजे हुने छ । उम्मेदवारहरुको दरखास्त फाराम दर्ता बेलुकी ८ बजेदेखि हुनेछ । उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन राती १० बजेदेखि र उम्मेदवारको नाम फिर्ताको समय पुस २५ गते दिउँसो १२ बजेसम्म हुनेछ । उम्मेदवारको अन्तिम नामावली पुस २५ गते दिउँसो १ बजे भावना सभाहलमा हुनेछ ।

पुस २५ गतेसम्म सहमतिको प्रयास गर्ने र सहमति जुट्न नसकेमा २६ गते निर्वाचन प्रकृयामार्फत नेतृत्व चयन गरिने एमाले दार्चुलाले जनाएको छ । मतदान कार्यक्रम पुस २६ गते विहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । भने मतगणना, नतिजा प्रकाशन र सपथ ग्रहण लगायतको कार्यक्रम मतदान सम्पन्न भएपछि पुस २६ गते नै गर्ने निर्वाचन समितिले जनाएको छ । अध्यक्ष, सचिव लगायत प्रमुख पदहरुमा आकाक्षिं बढी देखिएकोले निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना बढी रहेको कार्यकर्ताहरुले बताएकाछन् । यद्धपी अन्तिम समयसम्म पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरीने एमाले दार्चुलाले जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?