एमालेको अध्यक्ष र सचिवका लागि चार/चार जनाको उम्मेदवारी, उपाध्यक्षमा चरन निर्विरोध

दार्चुला । नेकपा (एमाले) दार्चुलाको आठौँ जिल्ला अधिवेसन अन्तरगत उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार जिल्ला कमिटी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । वर्तमान उपाध्यक्ष उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती, पूर्वसचिव मोहनसिह धामी र जिल्ला कमिटी सचिवालय सदस्य एबं नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी गरी चार जनाले एमाले दार्चुलाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

सचिवमा शेरसिह धामी, गंगादत्त जोशी, नारायणदत्त भट्ट र लक्ष्मी प्रसाद जोशीको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा खडक बडाल, उमेश जोशी, चन्द्रादेबी कुवँर, दानिराम पार्की र धनबहादुर कुवँरको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भने वर्तमान उपसचिव चरनसिंह बुढाथोकीको मात्रै उम्मेदवारी परेको छ । एक जनाको मात्रै उम्मेदवारी परेकोले बुढाथोकी निर्विरोध उपाध्यक्ष चयन भैसक्नुभएको छ ।

भूगोलतर्फ महिलामा लेकम बाहेक सबै पालिकाबाट निर्विरोध दुई/दुई जना जिल्ला कमिटी सदस्य चयन भएका छन् । लेकमबाट भने दुई महिला पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । खुला महिलामा आठ जनाको कोटा रहेकोमा आठ जनाको मात्रै उम्मेदवारी परेकोले सबै महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । जनजातीतर्फ पुरुषमा दुई र महिलामा एक जना निर्विरोध निर्वाचित भइसकेका छन् । पुरुषतर्फ समेत केही पालिकामा सहमति भइसकेको र केही पालिकामा सहमति जुट्न नसकेको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत गगनसिंह धामीका अनुसार एमाले दार्चुलाको जिल्ला कमिटी पाँच पदाधिकारीसहित ९० सदस्यिय हुने छ । भूगोलबाट ४७ जना सदस्य चयन हुनेछन् । दलिततर्फ पाँच पुरुष र तीन महिला गरेर आठ जना जनजातीतर्फ दुई पुरुष र एक महिला गरेर तीन जना महिलातर्फ आठ जना र १९ जना खुल्ला सदस्य चयन हुने उहाँले बताउनुभयो । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव १ र उपसचिव दुई जना गरी ५ जना रहने व्यवस्था रहेको छ ।

उम्मेदवारहरुले अधिवेसन प्रतिनिधिसंग भोट माग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली पुस २५ गते दिउँसो १ बजे भावना सभाहलमा सार्वजनिक हुनेछ । पुस २५ गतेसम्म सहमतिको प्रयास गर्ने र सहमति जुट्न नसकेमा २६ गते निर्वाचन प्रकृयामार्फत नेतृत्व चयन गरिने एमाले दार्चुलाले जनाएको छ । मतदान कार्यक्रम पुस २६ गते विहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । भने मतगणना, नतिजा प्रकाशन र सपथ ग्रहण लगायतको कार्यक्रम मतदान सम्पन्न भएपछि पुस २६ गते नै गर्ने निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस उम्मेदवारहरुको प्रारम्भीक नामावली

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?