लेकम र अपिका उपाध्यक्षसहित आठ जना एमाले जिल्लाकमिटीमा महिला कोटाबाट निर्विरोध

दार्चुला । नेकपा एमाले दार्चुलाको जिल्ला कमिटीका लागि महिलातर्फ आठ जना निर्विरोध निर्वाचित भएका छन् । उर्मीला बोहरा, कलावती रावल, गौरी बडाल, पार्वती देबी पाल, माधवी जोशी, मानमती देबी ठगुन्ना, लालुदेबी भुल, शान्ती धामी महिलातर्फ जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला कमिटी सदस्य निर्वाचित भएका उर्मीला बोहरा अपिहिमाल गाउँपालिका उपाध्यक्ष हुन भने माधवी जोशी लेकम गाउँपालिका उपाध्यक्ष हुन् । भूगोलतर्फ समेत लेकम बाहेक सबै पालिकामा महिला कोटाबाट निर्विरोध निर्वाचित भएका छन् । लेकममा महिला दुई सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । लेकम भूगोलतर्फ महिलामा कल्पना पाल, फुलुरी खत्री र सुशीला अवस्थीको उम्मेदवारी छ । पुरुष भूगोलतर्फ केही पालिकामा सहमति जुटेको छ भने केही पालिका र खुल्ला जिल्ला कमिटी सदस्यमा सिटसंख्या भन्दा बढी उम्मेदवारी दर्ता भएको छ । खुल्ला सदस्यमा १९ सिटका लागि २५ पुरुषको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा देबबहादुर बम, धनबहादुर कुवँर, प्रेमबहादुर कुवँर, प्रेमसिह कार्की, रामसिह महर, तिलकसिह धामी, नरेन्द्र बहादुर सिंह बडाल, पदमराज जोशी, प्रतापसिह बडाल, परमानन्द जोशी, प्रेमसिह डडाल, विजयसिह धामी, बिष्णुदत्त बडू, बिष्णुप्रसाद भट्ट, विशनसिह बोहरा, भगतसिह ऐतवाल, भक्तराज निरौला, भरत धामी, मंगलसिह ठगुन्ना, ललितसिह धामी, लिलाधर जोशी, श्यामसिह धामी र हिरासिह धामीको उम्मेदवारी परेको छ ।

नेकपा (एमाले) दार्चुलाको आठौँ जिल्ला अधिवेसनबाट जिल्ला उपाध्यक्ष पदमा चरन सिंह बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारी मनोनयनको क्रममा उपाध्यक्ष पदमा बुढाथोकीको मात्रै उम्मेदवारी परेपछि उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । यद्धपी निर्वाचन समितिले घोषणा गर्न भने बाँकी रहेको छ ।

निर्वाचन समितिका अनुसार जिल्ला कमिटी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । उदय बडाल, ज्ञानेन्द्र घर्ती, मोहनसिह धामी र प्रेमसिह धामी गरी चार जनाले एमाले दार्चुलाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् । सचिवमा शेरसिह धामी, गंगादत्त जोशी, नारायणदत्त भट्ट र लक्ष्मी प्रसाद जोशीको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा खडक बडाल, उमेश जोशी, चन्द्रादेबी कुवँर, दानिराम पार्की र धनबहादुर कुवँरको उम्मेदवारी परेको छ ।

जिल्ला कमिटी सदस्य पदमा भूगोल, समावेसी र खुलातर्फ अधिकासं कोटामा निर्विरोध निर्वाचित भइसकेको बताइएको छ । प्रमुख निर्वाचन अधिकृत गगनसिंह धामीका अनुसार एमाले दार्चुलाको जिल्ला कमिटी पाँच पदाधिकारीसहित ९० सदस्यिय हुने छ । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव १ र उपसचिव दुई जना गरी ५ जना रहने व्यवस्था रहेको छ । उम्मेदवारहरुले अधिवेसन प्रतिनिधिसंग भोट माग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली पुस २५ गते दिउँसो १ बजे भावना सभाहलमा सार्वजनिक हुनेछ । पुस २५ गतेसम्म सहमतिको प्रयास गर्ने र सहमति जुट्न नसकेमा २६ गते निर्वाचन प्रकृयामार्फत नेतृत्व चयन गरिने एमाले दार्चुलाले जनाएको छ ।

मतदान कार्यक्रम पुस २६ गते विहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । भने मतगणना, नतिजा प्रकाशन र सपथ ग्रहण लगायतको कार्यक्रम मतदान सम्पन्न भएपछि पुस २६ गते नै गर्ने निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस उम्मेदवारहरुको प्रारम्भीक नामावली

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?