दार्चुला । नेकपा एमाले दार्चुलाका संगठित सदस्य बिरभद्र भट्टको निधन भएको छ । लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली घर भएका भट्टको ७२ बर्षको उमेरमा गयराती निधन भएको हो ।
भट्टको निधनमा नेकपा एमाले लेकम गाउँपालिका कमिटीले शोक व्यक्त गरेको छ । अन्तिम संस्कारमा सहभागि हुन तथा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्न नेकपा एमाले लेकम गाउँपालिका इन्चार्ज परमानन्द जोशी, जिल्ला कमिटी सदस्य पुष्पराज जोशी, वडा नम्बर ३ कमिटी अध्यक्ष रमेश प्रसाद भट्ट चिहानमै पुगेका छन् ।
एमालेको झण्डा ओढाएर भट्टको अन्तिम संस्कार गर्ने तयारी रहेको एमाले जिल्ला कमिटी सदस्य माधवी जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया