बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

दार्चुला । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

मंगलबार अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७८र०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री शर्माले ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो र बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गरिसक्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न तथा ठूला योजनाहरुमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्ने बताउनुभयो । मन्त्री शर्माले फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुईरचार दिन जान्छ । यहाँ पनि समय गइरहेकोले यसलाई डिजिटल माध्यममा लैजान समेत सुझाउनुभएको छ ।

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च ९।३९ प्रतिशत, चालु खर्च ३८।९ प्रतिशत र वित्तीय खर्च २५।४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९।११ प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?