दार्चुला । नेकपा (एमाले) दार्चुलाको भूगोलतर्फ सबैभन्दा लोकप्रिय मत अनेरास्ववियु केन्द्रीय सचिवालय कमिटी सदस्य एबं सुदूरपश्चिम सह-संयोजक कल्पना पालले पाउनुभएको छ । जिल्ला अधिवेशनमा सबैभन्दा कान्छी उम्मेदवार रहनुभएकी पालले ७०७ मतमध्ये सबैभन्दा बढी अर्थात ४२० मत प्राप्त गर्नुभएको हो । भूगोलतर्फ ९ स्थानीय तहबाट ४७ जना जिल्ला सदस्य निर्वाचित भएकोमा लेकमबाट महिला सदस्यका उम्मेद्वार पालले सर्वाधिक मत प्राप्त गर्न सफल हुनुभएको हो । यस्तै पदाधिकारी तर्फ यसअघि सार्वजनिक भइसकेको मतपरिणाम अनुसार अध्यक्षमा प्रेमसिह धामी (५८८), सचिवमा शेरसिह धामी (४२२), उपसचिवमा खडक बडाल (३४४) र चन्द्रा कुवर (२७३) मत पाउदै विजयी हुनुभएको छ । उपाध्यक्षमा भने चरनसिह बुढाथोकी निर्विरोध निर्वाचित भइसक्नुभएको छ । खुला सदस्यको मतगणना जारी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया