दार्चुला । नेकपा एमाले दार्चुलाको नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेसंगै राजनीतिक भेटघाट र गतिविधि बढाउन थालेको छ । आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको टिम विहिबार (आज) महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट पुगेको छ । नवनिर्वाचित कमिटीलाई निर्वाचन मण्डलको अनुरोधमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले बुधबार नै शपथग्रहण गराउनुभएको थियो । नवनिर्वाचित जिल्ला कमिटी नेताहरुसंगै एमाले दार्चुलाका अधिकासं नेताहरु सपथ ग्रहण गर्नुभन्दा पहिले खलंगास्थित प्रेमसिंह धामीको शालिकमा गएर माल्यार्पण गरी सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा सहभागि भएका थिए ।
नेकपा एमालेका पूराना नेता जयसिह बिष्टसंग भेटघाट गर्न एमाले दार्चुला जिल्ला कमिटीका नेताहरु धौकोट पुगेको नेता परमानन्द जोशीले जानकारी दिनुभयो । विष्टको स्वास्थ्य लाभको कामना र सम्मान गर्नका लागि टोली धौकोट पुगेको र जिल्ला कमिटीको पहिलो बैठकबाट राजनीति गतिविधि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो । बुधबार सपथ ग्रहण कार्यक्रम र प्रमाणपत्र वितरण तथा पहिलो जिल्ला कमिटी बैठक समेत सम्पन्न भएको एमाले दार्चुलाले जनाएको छ । पहिलो जिल्ला कमिटी बैठकबाट जनताको माझमा जाने, विकास र परिवर्तनमा केन्द्रीत हुने र अगामी निर्वाचनमा विजय हासिल गर्दै जनताको सेवाका माध्यमबाट सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्ने संकल्प गरिएको नेताहरुले बताएका छन् ।
नवनिर्वाचित जिल्ला कमिटीमा युवा नेताहरु आएपछि एमालेजन उत्साहित भएका छन् । नेकपा (एमाले) दार्चुलाको अध्यक्षमा ३९ बर्षीय प्रेमसिंह धामी निर्वाचित हुनुभएको छ । ५८८ मत ल्याउँदै धामी विजयी हुनुभएको हो । अध्यक्षमा निर्वाचित युवा नेता धामी नौगाड गाउँपालिका अध्यक्ष समेत हुनुहुन्छ । बिरामी भएर पनि जनताको सेवामा खटिएका धामी अध्यक्षमा निर्वाचित भएपछि एमाले जन उत्साहित भएको बताइन्छ ।
उपाध्यक्षमा चरनसिंह बुढाथोकी यस अघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा शेरसिंह धामी ४२२ मत ल्याएर विजयी हुनुभयो । उपसचिवमा खडकसिह बडाल ३८४ र चन्द्रा देबी कुवर २७३ मत ल्याउँदै विजयी हुनुभयो । खुला सदस्यमा उदय बडाल, भगतसिह ऐतवाल, परमानन्द जोशी लगायत नेताहरु लोकप्रिय मत ल्याएर बिजयी भएका छन् । अहिले ९० जनाको जिल्ला कमिटी निर्वाचित भएको र थप १० प्रतिषतलाई मनोनित गरिने एमाले दार्चुलाले जनाएको छ ।
निर्वाचित जिल्ला कमिटीको सपथग्रहण र पहिलो बैठक समेत जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएपछि नेताहरु गाउँघरमा खटिन थालेका छन् ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया