दार्चुलामा ‘तपाईंको मास्क खै?’ अभियान

दार्चुला । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाले ‘तपाईको मास्क खै?’ सचेतना अभियान फेरी शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको सहभागितामा दार्चुला सदरमुकाम खलंगा बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरेर मास्क वितरण गर्न थालिएको हो ।

अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको व्यानर र प्लेकार्डको प्रयोग गरी सचेतना अभियान शुरु गरेको प्रहरीले जनाएको छ । उक्त अभियानको प्रमुख जिल्ला अधिकारी उपाध्यायले शुभारम्भ गर्नुभयो । यस अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले आदेश समेत जारी गरेको छ ।

माघ ७ गतेदेखि सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य गरिने, भिडभाड हुने गतिविधि नगर्ने, २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने, सीमाबाट फर्किनेहरुको अनिवार्य एन्टिजेन परीक्षण गर्ने, स्थानीय तहमा आइसोलेसन व्यवस्थापन गर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायतका निर्णय तथा आदेशहरु जारी भएका छन् । स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?