जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

दार्चुला । बझाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार राती जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशबाट सदरमुकाम चैनपुरका लागि छुटेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नम्बर २ मोर्तोलीमा दुर्घटना परेको हो ।

जिप दुर्घटनामा गम्भीर घाइते भएका जिप धनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ ।

मोर्तोलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?