सीमा विवादबारेको भारतले भन्यो, विवादित भूमी भारतकै हो

दार्चुला । नेपालसँगको सीमा विवादबारे भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । काठमाण्डौमा रहेको भारतीय दूतावासले आज प्रेस नोटमार्फत नेपाली भूमि लिपुलेकमा भइरहेको संरचना निर्माणबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ । विवादित भूमी भारतकै भएको अडान भारतीय पक्षको छ ।

यो बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद भइरहेको बताउँदै भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ । गएको डिसेम्बर ३० मा हल्द्वानीमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्न सहज बनाउन पहल गरिरहेको र सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो ।

साथै सन् २०२२ को अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भइरहेको अभिव्यक्ति दिनुभएको थियो । मोदीको यो अभिव्यक्तिलाई लिएर नेकपा एमाले, नेपाली कांग्रेससहितका विभिन्न दलले आपत्ति जनाएका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?