वडा सदस्य जोशीद्धारा गलैनाथ माबिका ३२ जना टुहुरा बालबालिकालाई कम्बल वितरण

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य केशबदत्त जोशीले शैल्यशिखर ८ मा रहेको गलैनाथ माबि झरकडामा अद्ययनरत ३२ जना टुहुरा बालबालिकालाई कम्बल वितरण गर्नुभएको छ ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष धर्मानन्द जोशीको अध्यक्षता तथा नेकपा एमाले दार्चुलाका निर्वतमान अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा एक अनौपचारीक कार्यक्रमका बिच टुहुरा विद्यार्थीलाई न्यानो कम्बल वितरण गरिएको विद्यालयका प्रधानाद्यापक जयधन जोशीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई कम्बल वितरण गरेकोमा वडा सदस्य जोशीलाई विद्यालय परिवारले धन्यबाद ज्ञापन गरेको छ । वडा सदस्य जोशी विगतदेखि नै सामाजिक सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आउनुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडा सदस्य जोशीले केही दिन पहिले शैल्यशिखरको वडा नम्बर ७ र ८ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई समेत कम्बल वितरण गरेको स्वास्थ्यकर्मी कृष्णनन्द पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?