पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (विज्ञप्तीसहित)

दार्चुला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ ।

मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । एलपी ग्याँसमा अत्यधिक घाटा भए पनि ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

विज्ञप्ति हेर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?