मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दार्चुला । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । देउलेक–गर्जे सडक अन्तर्गत बैतडीको सिगास ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ बर्षीय धनराम चौधरीको मृत्यु भएको हो ।

आज साँझ ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढसय मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंग तर्फ आउँदै गरेका बुझिएको छ ।

उनी बझाङको बित्थडचीर गाउँपालिकाका काली ओडको ट्याक्टरका चालक समेत रहेका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?