सार्वजनिक स्थान र यातायातमा खोपकार्ड देखाउनुपर्ने, सीमामा कोरोना परीक्षण अनिवार्य

दार्चुला । दार्चुलामा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ ७ गते (आज) देखि सार्वजनिक स्थानमा प्रवेश गर्दा, सार्वजनिक यातायात र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति दार्चुलाको बैठकले सिफारिस गरे अनुसार प्रशासनले सार्वजनिक यातायात र स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । दार्चुलामा हालसम्म २२ प्रतिषत बढी नागरिकले कोरोना विरुद्धको खोप पाएका छैनन भने कतिपय खोप लगाएका मानिसले खोप कार्ड हराइसकेको बताएका छन् । खोप कार्ड हराएकाहरुलाई प्रतिलिपि बनाउन अनुरोध गरिएको छ भने खोप लगाउन बाँकी नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

दार्चुला प्रशासनको आदेश अनुसार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइने छैन् । घर बाहिर निस्किदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ । विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्य गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने प्रजिअ उपाध्यायले बताउनुभयो । सीमा क्षेत्रमा आवतजावत गर्दा खोप कार्ड र एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको छ ।

दार्चुलामा थप ९ जनामा कोरोना सक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । विहिबार २६ जनाको नमुना परीक्षण गर्दा जिल्ला अस्पताल दार्चुलामा ४ जना, गोकुलेश्वर अस्पतालमा ३ जना र पुलघाटमा २ जनामा गरी ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संक्रमितमध्ये महाकाली नगरपालिकामा ३० जना, मालिकार्जुन गाउँपालिकामा ९ जना, शैल्यशिखर नगरपालिकामा ४ जना, मार्मा गाउँपालिकामा २ जना र दुहूँ गाउँपालिकामा एक जना रहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । मंसिर महिनामा सक्रिय संक्रमित सून्य रहेकोमा पुष महिनापछि फेरी कोरोना संक्रमण उकालो लागेको छ ।

खलंगा पुलघाट सीमा नाका र जौलजीवि सीमा नाकामा कोरोना परीक्षणको व्यवस्थापन गरिएको भएपनि अरु नाकाहरुमा अझै कोरोना परीक्षण भइरहेको छैन् । एन्टीजेन किटहरु तथा प्राविधिक व्यवस्थापनको जिम्मा स्वास्थ्य कार्यालयले लिने र जनशक्ति खटाउने र सोको व्यवस्थापन गर्ने कार्य स्थानीय तहले गर्नुपर्ने जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । कोरोना परीक्षणको व्यवस्थापन नगरिएको सीमा नाका सिल गरिने उहाँको भनाई छ ।

भारतबाट फर्किने अधिकासं मानिसका कोरोना संक्रमण पुष्टि भइरहेकोले सीमा नाकामा अनिवार्य कोरोना परीक्षणको व्यवस्था गर्न स्थानीय तहहरुलाई जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?