दार्चुलाको लेकाली भेगमा भारी हिमपात, जनजीवन कष्टकर

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । चिसोले घर बाहिर निस्कन सक्ने अवस्था समेत नरहेकोले दैनिकि प्रभावित भएको अपिहिमालका स्थानीय कलावती रोकायले बताउनुभयो । बालबालिका, युवायुवती देखि बृद्धबृद्धासम्म सबै आगोको साहारामा दैनिकि बिताइरहेको उहाँले बताउनुभयो ।

हिमपात रोकिएर घाम परेपछि मात्रै जनजीवन सहज बन्दै जाने स्थानीयले बताएका छन् । धेरै दिनदेखि घाम नपरेका कारण चिसो ह्वात्तै बढेको छ । दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा विहिबारदेखि नै भारी हिमपात भएको स्थानीयले बताएका छन् । बर्षा र हिमपातपछि किसानहरु भने खुसी भएका छन् । मानिसहरुको दैनिकी भने पूर्ण रुपमा प्रभावित भएको अपिहिमालका अर्का स्थानीय राजमती ठेकरेले बताउनुभयो ।

अपिहिमालको सबै वडामा हिमपात भएको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १, २, ३, ५ र ६ मा हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका लगायत स्थानीय तहमा समेत उच्च लेकाली भेगमा हिमपात भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?