ममता बचाउ अभियानः उपचारका लागि सहयोग जुट्दै, जीवनरक्षाका लागि सबैमा अपिल

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ छापरी बस्नुहुने स्वर्गिय माधप सिंह कुँवर र आमा पार्वती कुँवर की छोरी ममता कुँवर ब्लड (रक्त) क्यान्सरको कारण अढाई महिना देखि शिक्षण अस्पतालमा उपचारत छिन । क्यान्सर पिडित ममतालाई बुवाले १५ महिनाकै छोडेर सधैका लागि यो संसारबाट बिदा हुनुभयो । आमा पार्वतीले दार्चुलाको बजारमा मजदुरी गरेर हुर्काएकी १७ वर्षीया छोरी ममतालाई ब्लड क्यान्सर भएपछि अहिले जीवनरक्षाका लागि सबै मनकारी महानुभावहरुलाई अपिल गरिएको छ ।

परिवारमा आमा पार्वती र बहिनी मनिषा कुवरमात्रै छन् । पारिवारिक आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउन सकस भएको छ । शिक्षण अस्पतालका डाक्टर अन्जन श्रेष्ठका अनुसार ममताको उपचारका लागि झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको छ । खलंगास्थित महेन्द्र नमुना माबिमा कक्षा ११ मा अद्ययनरत १७ बर्षीया छात्रा ममताको उपचारका लागि गाउँदेखि देश, विदेशमा बसोबास गर्ने मनकारी मानिसहरुले उपचार खर्च जुटाइरहेका छन् । कक्षा ६ सम्म खलंगास्थित अमटिकर पब्लिक स्कुलमा अद्ययन गरेकी छात्रा ममताको उपचारका लागि अमटिकर पब्लिक स्कुलका प्रधानाद्यापक प्रवेस प्रताप ऐतवालको अगुवाइमा विभिन्न व्याक्तिहरुबाट दुई लाख ३३ हजार ५ सय रुपैया सहयोग संकलन गरेर सोमबार (आज) ममताका आमा पार्वतीको खातामा पठाइएको छ । हालसम्म ममताको उपचारका लागि दश लाख बढी सहयोग रकम संकलन भएको बताइएको छ ।

ममताको उपचारका लागि सहयोग गर्ने सबैलाई प्रधानाद्यापक ऐतवालले धन्यबाद ज्ञापन गर्नुभएको छ । कलिलै उमेरमा क्यान्सरबाट पिडित भएकी छात्रा ममताका सपनाहरु काकार पार्न सबैले सहयोग गर्नु आवश्यक रहेको छ । ममताको जीवनरक्षाका लागि थप सहयोग रकम जुटाउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरिएको छ । संघर्ष गरेर हुर्काएकी छोरीको प्राणरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै आमा पार्वतीले थप सहयोगका लागि सबैमा अपिल गर्नुभएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?