दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम घोरडीमा बदेलको आक्रमणबाट दुई जना पुरुष गम्भीर घाइते भएका छन । घाइतेहुनेहरुमा दोगडाकेदार गाउँपालिका १ रिमका अन्दाजी ४५ बर्षीय दलबहादुर कार्की र ७५ बर्षीय मनोरथ जोशी रहेको स्थानीय शंकर जोशीले बताउनुभयो ।
जङगलबाट आएर खेतबारिमा अन्न खान लागेको बेला बदेलहरुलाई लखेटन खोज्दा बदेलले दोहोरो आक्रमण गरेको र दुई जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुको टाउको र शरिरमा गहिरो चोट लागेको जोशीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया