दार्चुलाको कूल जनसंख्या १ लाख ३५ हजार ५६ कायम, कालापानी क्षेत्रको पनि समेटियो

दार्चुला । केन्द्रीय तथाङक विभागले राष्ट्रिय जणगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरे संगै दार्चुला जिल्लाको कूल जनसंख्या १ लाख ३५ हजार ५६ पुगेका छ । २०६८ सालको जनगणना अनुसार जिल्लाको कूल जनसंख्या १ लाख ३३ हजार २७४ रहेको थियो । दश बर्षमा दार्चुलाको जनसंख्या १ हजार ७८२ बढेको देखिएको छ ।

दार्चुलाको कूल जनसंख्या मध्ये पुरुषको संख्या ६५ हजार ३ सय ४९ रहेको छ भने महिलाको संख्या ६९ हजार ७०७ रहेको छ । हाल दार्चुला जिल्लामा २५ हजार २ सय घरधुरी रहेका छन भने परिवार संख्या २९ हजार १८६ रहेको छ ।

जिल्लाको लैङगिक अनुपात ९३.७५ रहेको छ। त्यस्तै परिवारको औसत आकार ४.६६ प्रतिशत र जनघनत्व ५८ रहेको केन्द्रीय तथाङक विभागले जनाएको छ। त्यस्तै वार्षिक वृद्धिदर भने ०.१३ प्रतिशत रहेको केन्दीय तथ्याङक विभागले जनाएको छ ।

कालापानी क्षेत्रको जनसंख्या ‘करिब ६ सय’
केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आकलन गरेको जनाएको छ । बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछिमात्र प्रकाशन गरिने बताउनुभयो । ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना हुन सकेन,’ महानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘तर इन्डाइरेक्ट टेक्निक्सहरू युज गरेर (प्रविधिको प्रयोग गरी) त्यहाँको प्रारम्भिक जनसंख्या पनि निकाल्न सकेका छौं। तथ्यांकमा समावेश भएको छ।’ अहिले पालिकागत जनसंख्यामात्र सार्वजनिक गरिने भएकाले अन्तिम नतिजामा मात्र समेटिने उहाँले बताउनुभयो ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिब ६ सय रहेको छ । २०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभाग जनगणना हुन सकेको छैन । अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ । उतिखेरको जनगणनामा डोटी, बैतडी र डडेलधुरा जिल्लाको जोनल अफिसरका रूपमा खटिएका वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार लिम्पियाधुरा क्षेत्रका मानिसको संख्या १ हजार ५ सयजनाको हाराहारीमा थियो ।

No description available.

 

नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेश जनसंख्या २७ लाख नाघेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको छ ।

२०६८ सालको जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो । सुदूरपश्चिमभन्दा कम जनसंख्या गण्डकी प्रदेश र कर्णाली प्रदेशको छ । यस्तै नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो ।

नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो । यस्तै १० वर्षअघिको जनगणनाअनुसार घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो ।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?