दार्चुला । महेन्द्रनगरबाट आउदै गरेको बस बैतडीमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नम्बर २ को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ बर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ बर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ बर्षीय रामसिंह साउँद, मेलौली २ का २१ बर्षीय मनिष चन्द रहेका छन् । यस्तै शिवनाथ गाउँपालिका १ का २१ बर्षीय सुशिला चन्द, शिवनाथ ६ का २९ बर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ बर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बस सडकबाट ५ मिटर तल खसेको जनाइएको छ । चालक विरेन्द्र लुहार प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनको कारण भने खुल्न सकेको छैन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया