दार्चुला । दार्चुलामा विहिबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहिबार १२ जना संक्रमित थपिएसंगै जिल्लाभरी कोरोनाका सक्रिय संक्रमितको संख्या १३४ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
विहिबार जिल्ला अस्पताल दार्चुलामा तीन जना, पुलघाट नाकामा एक जना, महाकाली नगरपालिकामा तीन जना, गोकुलेश्वर अस्पतालमा गरिएको परीक्षणमा दुई जना, अपिहिमाल गाउँपालिकामा दुई जना र मालिकार्जुन गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको हो । विहिबार ४३ जनामा कोरोना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण दर २७.९ प्रतिषत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हाल महाकाली नगरपालिकामा ६५ जना, शैल्यशिखर नगरपालिकामा २१ जना, अपिहिमाल गाउँपालिकामा १० जना, दुहुँ गाउँपालिकामा तीन जना, मार्मा गाउँपालिकामा ६ जना, मालिकार्जुन गाउँपालिकामा १४ जना र लेकम गाउँपालिकामा १५ जना संक्रिय संक्रमित रहेका छन् । व्यास र नौगाड गाउँपालिकामा भने संक्रिय संक्रमित नरहेको बताइएको छ ।
कोरोनाको दोस्रो लहरका बेला दार्चुलामा ११ जना संक्रमितको ज्यान गएकोमा तेस्रो लहरमा भने मृत्यु हुनेको संख्या सुन्य रहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया