दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटै रुखमा झुण्डिएको अवस्थामा आमाछोरी मृत फेला परेका छन् । शैल्यशिखरको वडा नम्बर ८ तल्चौरामा आमा र नाबालिका झुन्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार शैल्यशिखर नगरपालीका वडा नम्बर ७ का शिबराज बिष्ट की २३ बर्षीया श्रीमती सरस्वती बिष्ट र उनकी १ बर्षीया छोरी जेनिसा बिष्ट मृत अवस्थामा फेला परेका हु्न् । घरबाट माईत जान्छु भन्दै बच्चा पनि साथमा लिएर गएका आमाछोरी झुण्डिएको अबस्थामा फेला परेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का बनाएर पोष्टमार्टमको लागि शवलाई गोकुलेश्वर अस्पताल लगेको स्थानीय पुष्पराज जोशीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया