बैतडीको दोगडाकेदारमा एक महिला मृत फेला

दार्चुला । बैतडीमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी अन्दाजी ४० बर्षीय चन्द्रा महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

आइतबार बिहान खाना खाएर बाख्रा चराउन गएकी महरा घर नआएपछि परिवारजनले खोजी गरेका थिए । खोजी गर्दै जाँदा सोमबार राती वडा सदस्य दानसिंह महराको बाँझो घरमा चन्द्राको शव फेला परेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो। शव फेला परेपछि गाउँलेहरु नै प्रहरीलाई खबर गरेका थिए ।

चन्द्राको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने मृत्युको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?