दार्चुला । बैतडीको सुर्नया गाउँपालिका ६ का डम्मर अवस्थी हत्या काण्डमा थप दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । गाउँकै शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाइ शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक बोध राज ओझाले बताउनुभयो ।
घटनाको थप अनुसन्धानकै क्रममा दुवै जनालाइ पक्राउ गरेको प्रहरी निरिक्षक ओझाले बतउनुभयोए । उहाँले भन्नुभयो ‘घटनाका बिषयमा दुई जनालाई पक्राउ गरि अदालतबाट दुई दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौ । उनीहरूमाथि थप अनुसन्धान हुँदैछ ।’ परिवारले दिएको जाहेरीका आधारमा थप दुई जनालाइ पक्राउ गरिएको जनाएको छ ।
यसअघि डम्मरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिश अवस्थी र नवराज अवस्थीले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पौष २८ गते फेला परेको थियो । उहाँको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया