जीप दुर्घटना हुदाँ ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

दार्चुला । प्युठानको ओखरपाटामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयो।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो ।

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?