प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुहुने भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनु भएका अध्यक्ष ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जान लाग्नु भएको ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा ओलीले स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी गर्नुहुने छ ।

एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेतासँग भेट गर्न लाग्नु भएको हो ।

छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुन सक्ने बताइएको छ । ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक बालुवाटार जाँदै हुनुहुन्छ् ।

स्थानीय चुनावको मिति घोषणामा ढिलाइ भइरहेकोमा एमालेले संशय व्यक्त गरेको छ । जेठ ५ गते अघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न एमलेले सरकारलाई दबाव दिदै आएको छ ।

चुनावको मिति घोषणा गर्न सत्ता गठबनबाटै अवरोध झेलिरहेका देउवाले ओलीसँग छलफल गरेर गठबन्धनका घटकलाई समेत दबाबमा पार्न खोज्नु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?