दार्चुलासहित देशभर मतदाता नामावली संकलन कार्य स्थगित, गाउँघरमा चुनावी चर्चा सुरु

दार्चुला । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । निर्वाचनको मिति तोकि सकिएकाले अब अन्तिम मतदाता नामावली प्रकाशनको तयारीमा लाग्ने भएकाले नामावली संकलन कार्य स्थगित गरिएको जिल्ला निर्वाचन कार्यलय दार्चुलाले जनाएको छ । मतदाता नामावली संकलन कार्य बन्द भएसंगै नामावली दर्ता गर्न छुटेका तथा मताधिकार प्रयोग गर्ने उमेर पुगेका धेरै नागरिकहरु मतदानबाट बञ्चित हुने भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत काममा लाग्ने बताउनुभयो । सरकारले आगामी वैशाख ३० गते एकैपटक देशभर स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ । प्रवक्ता पौडेलका अनुसार अब चुनावमा भाग लिने दलहरूलाई दल दर्ताको आह्वान गरिने छ । आयोगले दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गर्नेछ । आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

आयोगले स्थानीयतहको निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो। जसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई माघभित्र आयोगमा पठाउन भनेको छ । स्थानीय तह निर्वाचनका लागि आयोग र सुरक्षा निकयले सरकारसँग ३९ अर्ब रूपैयाँभन्दा बढी रकम मागेका छन् । २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी जेठ ६ गते सकिँदै छ ।

यसैबिच सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेपछि गाउँघरमा चुनाबी चर्चा सुरु भएको छ । दार्चुलाका सबै जसो स्थानीय तहमा उम्मेदबारका आकाक्षिं नेताहरु गाउँघरमा घुम्दै मत माग्न थालेका छन् । चुनावको मिति घोषणा भएसंगै गाउँगाउँमा चुनावी चर्चा सुरु भएको स्थानीयबासीन्दाहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?