सौताको हत्या आरोपमा एक महिला  पक्राउ

दार्चुला । बैतडीमा हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा लाइ प्रहरीले पक्रउ गरेको हो । महरालाई आफ्नै सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार समेत गरेको शाहीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यही माघ १८ गते घर नजिकैको बाँझो घरमा चन्द्रा मृत फेला परेकी थिइन् । नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ । चन्द्राको घाँटी र मुखमा चोट रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?