दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले फेरी दार्चुला खलंगाका एकजना व्यापारीलाई अनाहकमा हातपात गरेका छन् । बुधवार (आज) दिउसो भारतीय बजार धार्चुलाबाट फर्किरहेका ती व्यापारीलाई आफ्नो तस्विर खिचेको भन्दै एसएसबीले झोलुंगे पुलको नेपालतर्फै पुगेर हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
‘हातपात गरिरहेका बेला त्यहाँ नेपाली सुरक्षाकर्मी पुगेर बचाव गरेका थिए । व्यापारीलाई चेतावनी दिदै खोसेको मोबाइल नेपाली सुरक्षाकर्मीलाई फिर्ता दिएको बताइएको छ । ती व्यापारीले आफूले कसैको तस्विर नखिचेको र निहू खोजेर एसएसबीले हातपात गरेको बताउनुभयो । एसएसबीले सीमा क्षेत्रमा नेपाली नागरिकहरुमाथि बेलाबेला दुव्र्यवहार तथा ज्याजती गर्ने गरेको छ ।
नेपालीमाथि हातपात भएको घटनाबारे आफूहरुलाई कुनै जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रतिक्रिया दिनुभएको छ । सीमामा नेपालीहरुले दुव्र्यवहार खेप्नुपरेपनि नेपाली प्रशासनले सामान्य छलफल गर्ने बाहेक समाधानका लागि ठोस कदम चाल्न सकेको छैन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया