दार्चुलामा भारतीय बेलुन खस्यो, डाटा लिन पठाएको पुष्टि

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ ढामडेरामा भेटिएको बेलुनसहितको उपकरण भारतीय मौसम विभागले पठाएको पुष्टि भएको छ । मौसम सम्बन्धि जानकारी संकलनका लागि देहरादूनस्थित मौसम विज्ञान केन्द्रले बेलुनमा उपकरण राखेर उडाएको बताइएको छ ।

उत्तराखण्डको मौसमबारे जानकारी संकलनका लागि बेलुनसहितको उपकरण पठाएको मौसम विज्ञान केन्द्र देहरादूनले जनाएको छ । हावा कुन दिशातिर बहिरहेको छ, त्यसको गति कति छ भनेर पत्ता लगाउनका लागि डिभाइससहितको बेलुन पठाएको भएपनि हावाको चापले बेलुन नेपाली सीमामा पुगेको बताइएको छ ।

‘३२ ग्रामको बेलुन हुन्छ, हावाको दिशा अनुसार जाने हो, मौसम विज्ञान केन्द्र देहरादूनका अस्सिटेन्ट अनुराग नेगीले भन्नुभयो, त्यसमा भएको डिभाइसमार्फत हामीले मौसम सम्बन्धि सूचना पाउने हो । बेलुन उडाएपछि त्यसलाई देहरादूनबाटै नियन्त्रण गर्न सकिने प्रबिधि नभएको उहाँको भनाई छ ।

भारतीय बेलुन दार्चुलाको नौगाडमा खसेपछि त्यसमा भएको नम्बरमा स्थानीयले हिजै फोन लगाएका थिए । मौसम सम्बन्धि जानकारी संकलनका आफुहरुले बेलुन पठाएको जवाफ भारतबाट प्राप्त भएको स्थानीयले बताएकाछन् । बेलुनमा मौसम विज्ञान केन्द्र देहरादुन लेखिएको थियो भने टेलिफोन नम्बर समेत राखिएको थियो।

यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले समेत भारतले मौसम सम्बन्धि तथ्यांक संकलनका लागि बेलुन पठाएको बुझिएको प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?