कांग्रेश दार्चुलाको कोषाध्यक्षमा भट्ट चयन, जिल्ला समिति बैठकका निर्णयहरु हेर्नुहोस

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको जिल्ला कार्यसमिति कोषाध्यक्ष पदमा महाकाली नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका नेता हंशराज भट्ट मनोनित हुनुभएको छ । कांग्रेश दार्चुलाको जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्ष चयन संगै विभिन्न विभागहरु गठन गर्ने निर्णय गरेको छ । कोषाध्यक्ष भट्टको संयोजकत्वमा ३ सदस्यिय अर्थ समिति गठन गरिएको छ ।

कांग्रेश जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा १९ सदस्यिय कार्यसम्पादन समिति गठन गरिएको छ । यस्तै शुभेच्छुक संघसंस्था उद्योग तथा वाणिज्य विभाग संयोजकमा महादेव बडू, स्थानीय तह गैर सरकारी संघसंस्था तथा सामाजिक विभाग संयोजकमा ललित सिंह ठगुन्ना, संगठन विभाग संयोजकमा पुलेन्द्र बहादुर कार्की, सूचना तथा प्रचार प्रसार विभाग एबं पार्टी प्रवक्तामा माधव राज भट्ट, कृषि तथा भूमी सुधार विभाग संयोजकमा भान सिंह धामी, युवा तथा खेलकुद विभाग संयोजकमा श्याम सिनाल, महिला तथा सामाजिक सुरक्षा विभाग संयोजकमा राजु अवस्थी, भातृ संघसंस्था समन्व विभाग संयोजकमा दान सिह तिंकरीलाई चयन गरिएको नेपाली कांग्रेश दार्चुलाले जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले सबै गाउँपालिका र नगरपालिकामा फागुन महिनामा पालिका भेला आयोजना गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेपाली काँग्रेस दार्चुलाले चुनावी तयारी अघि बढाएको बताइएको छ । शुक्रवार र शनिवार बसेको काँग्रेस जिल्ला कार्य समितिको बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न समिति गठन गरेको हो ।

No description available.

नेपाली काँग्रेस दार्चुलाले पार्टीमा छलफल र परामर्शविना आफुखुशी उम्मेदवारी घोषणा नगर्न सचेत गराउदै आफुखुसी उम्मेदवारी घोषणा गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल, चिया पसल र चोकहरुमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि कांग्रेशले पार्टी हित विपरीत हुनेगरी उम्मेदवारी नदिन सचेत गराएको नेताहरुको भनाई छ ।

पार्टी हितविपरीत सामाजिक सन्जालमा विभिन्न टिकाटिप्पणी गरेको भन्दै कांग्रेस नेता उमेश सिंह खत्रीलाई सात दिनभित्र जवाफ माग गर्दै स्पष्टिकरण सोधेको बताइएको छ । नेता खत्रीले उम्मेदवारी घोषणा गर्न नपाउने कुरा कांग्रेशको विधानमा नरहेको बताउदै सामाजिक सञ्जालबाटै अधिनायकबाद मुर्दावाद भन्दै जवाफ फर्काउनुभएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

यस्तै अधिवक्ता धिरेन्द्र साउदलाई दार्चुलाबाट न्यायधिसका लागि नेपाल सरकारसंग पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?