जनयुद्ध दिवसको अवसरमा १६ जना सहिद परिवारलाई सम्मान

दार्चुला । मार्मा गाउँपालिकाले २७ औँ जनयुद्ध दिवसको अवसरमा  १६ जना सहिद परिवारलाई सम्मान गरेको छ । आइतबार गाउँपालिकाको कार्यालयमा भएको औपचारिक कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले १० वर्षे शस्सत्र संघर्षका बेला सहादत प्राप्त गरेका सहिद परिवारका आफन्तहरुलाई  जनहि  १०/१० हजार सहित सम्मानपत्र द्वारा सम्मान गरिएको मार्मा गाउँपालिका अध्यक्षका स्वकिय सचिव धनबहादुर धामीले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ का सहिद कल्पना ठगुन्नाका आफन्त चिने ठगुन्ना, दिपेन्द्र ठगुन्नाका आफ्न्त कालुसिह ठगुन्ना, जयसिह महर का आफन्त गणोश सिह महर, चन्द्रसिह धामीका आफन्त धौलसिह धामी, सुनकला महर का आफन्त अमरसिह महर सम्मानित हुनुभएको हो । त्यस्तै मार्मा गाउँपालिका वडा नम्बर २ का सहिद लालसिहँ बिस्टका आफन्त ऐते बिस्ट, गणोश बहादुर सिहँका आफन्त सान बहादुर सिहँ, राजेन्द्र बहादुर सिहँका आफन्त शेरबहादुर सिहँ, सम्मानित भएको स्वकिय सचिव धामिले बताउनुभयो ।

यस्तै मार्मा गाउँपालिका वडा नम्बर ३ का गणोश सिह बिस्ट (जितेन्द्र) का आफ्नत मनुवा बिस्ट, जयसिहँ ठगुन्ना (बिनायक) का आफन्त जितसिहँ ठगुन्ना वडा नम्बर ४ मा सहिद हमरसिहँ महरका आफन्त उदयसिहँ महर, रामसिहँ महरका आफन्त अंबिरसिह महर, अर्जुनसिहँ महरका आफन्त जगतसिहँ महर, गम्बिरसिहँ बिस्टका आफन्त मदनसिहँ बिस्ट, अमरसिहँ धामी (पहाड)का आफन्त सुरेन्द्र सिहँ धामी लाई सम्मान गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिहँ धामीले बताउनुभयो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजनितीक परिवर्तनको १० वर्षे जनआन्दोलनका कारण देशले नयाँ व्यवस्था पाएको बताएका छन । जनयुद्ध कालको आफ्नो भुमिकालाइ स्मरण गर्दै अध्यक्ष धामीले भन्नुभयो आफु संगैको साथि बन्दुकको गोली खाएर मर्दा म बाच्दैन लाग्थ्यो तर कतिपय बिश्राममा भने हामिले मरे देश कस्ले बनाउछ भनेर कुरा गरिन्थ्यो ।भोक, तिर्खा नभनि निरन्तर यात्रा गर्दाको पीडा र ज्यानको समेत प्रवाह नगरि ब्यबस्था परिबर्तनका नायक तिनै सहिदको सपना सकार पार्न मार्मा गाउँपालिका प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?