दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् ।
प्रदेश प्रमुख जोशीले धामीले बुुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ ।
सभामुुख थापाका स्वकीय सचिव कविन्द्र रोकायाले सचिव धामीको राजीनामा स्वीकृत भएसँगै कानुन उपसचिव दोजेन्द्र काफ्लेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
सचिव धामीको नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक(फरक जन्म मिति राखिएको र सचिव पदका लागि अयोग्य भएको भन्दै विवाद भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया