रेखा थापाले गरिन् अमेरिका बस्ने व्यवसायी शाहीसँग बिहे

दार्चुला। अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । स्रोतले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेका हुन् ।

शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए । रेखा र बलरामबीच दुई वर्षको उमेर अन्तर छ । शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।

गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको स्रोतले जनाएको छ । तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।

स्रोतका अनुसार माघ २८ गते काठमाडौंस्थित घरमै दुईजनाले विधिवत बिहे गरेका थिए । सानो पारिवारिक जमघटका बीच उनीहरुको  बिहे भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?